+
+

जापानमा रहेको नेपाली विद्यालयबाट जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते ९:५१

१५ असार, टोकियो । जापानमा सञ्चालित नेपाली विद्यालयबाट अफ्रिकन देश जाम्बियाका एक छात्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् ।

टोकियोस्थित ओगिकुबोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलबाट जाम्बियाका चिसा टाइरिस कावेजाले २.९५ जीपीए प्राप्त गर्दै एसईई उत्तीर्ण गरेका हुन् ।

चिसा टाइरिस कावेजा सो विद्यालयबाट एसईई उत्तीर्ण गर्ने पहिलो विदेशी विद्यार्थी रहेको विद्यालयका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठले जानकारी दिए ।

एभरेष्टबाट यस वर्ष २३ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । जसमा शतप्रतिशत नजिता प्राप्त गरेको छ । सन् २०१३ मा स्थापना भएको विद्यालयमा विगत ४ वर्षदेखि एसईईको परीक्षा हुँदै आएको छ ।

एभरेष्टमा नेपाली पाठ्यक्रममा अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । स्कुलमा ४५० विद्यार्थी अध्ययनरत छन् । जसमा २५ जना विदेशी विद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?