+
+

बुद्ध एयरले थप्यो १८ औं एटीआर विमान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते ११:०८

१५ असार, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले १८औं एटीआर विमान भित्र्याएको छ ।

शुक्रबार काठमाडौं अवतरण गरेको नयाँ विमान ७२ सिट क्षमतायुक्त एटीआर ७२-५०० सिरिजको हो ।

योसँगै एटीआर-७२ सिरिजको विमान संख्या बुद्धसँग १५ थान पुगेको छ । नयाँ विमान को आवश्यक कागजी प्रक्रिया पूरा गरी आगामी साउनबाट नियमित उडान सेवामा ल्याइने बुद्ध एयरले जनाएको छ ।

बुद्धले नयाँ विमानको दर्ता नम्बर ९एन-एएनजेड´ पाएको छ । यो विमान फ्रान्सको टुलुसबाट ल्याइएको हो । अब बुद्धसँग ४७ सिट क्षमताका तीन थान एटीआर४२-३२० र १५ थान एटीआर ७२-५०० सिरिजका विमान भएका छन् ।

हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप विमान थपिएको बुद्धका बजार निर्देशक रुपेश जोशीले बताए । ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरूप यात्रुहरूले आफ्नो समय अनुकूल उडान गन्तव्य पुग्न सकुन् भनेर विमान थपेका हौं,’ जोशीले भने, `हामी उडान तालिकालाई बढिभन्दा बढी प्रभावकारिकाका साथ सञ्चालन गर्दै जाने छौं| ।´

उनका अनुसार थपिएको नयाँ विमानबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप एक उडान गर्ने योजना छ ।

हाल धनगढी तथा सुर्खेतमा दैनिक दुई उडान भइरहेको छ । थपिएको विमानबाट अन्य गन्तव्यमा पनि उडान संख्या थप्ने योजना बुद्धको छ ।

थपिएको विमान नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीको भनाइ छ । बुद्धले आन्तरिकतर्फ हाल दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ ।

अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको बनारस उडान गरिरहेको छ । यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जका लागि अन्तर प्रदेश उडान पनि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?