+
+

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते १२:०९

१५ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् ।

शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ ।

उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए ।

यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका-६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए ।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको स्रोतको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?