+
+

ललितपुरको लालीगुराँ‍‍स सहकारीका सीईओ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते १३:३२

१५ असार, काठमाडौं । वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?