+
+
युरो २०२४ :

तथ्यांकमा डेनमार्कको सामना गर्दा जर्मनीको उत्साह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते १४:००

१५ असार, काठमाडौं । जर्मनीले युरो २०२४ को अन्तिम १६ को खेलमा शनिबार डेनमार्कको सामना गर्नेछ ।

अहिले जर्मनीमा प्रतियोगिताका कारण फुटबलको उत्साह चलिरहेको छ र जर्मन फुटबल स्वंयले एक दशकभन्दा बढीको समयपछि पुर्नआगमन रचेको मानिएको छ ।

के यो क्रम जारी रहनेछ त ? यी दुवै टिम युरोका पूर्वविजेता हुन् । जर्मनी चाहनेछ, आफ्नो घरेलु भूमिमा चलिरहेको प्रतियोगितामा आफ्नो यात्रा अन्तिम खेलसम्म रहोस । यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

– अन्तिम १६ को यो यस्तो खेल हो, जसमा खेल्न लागेका दुवै टिम अपराजित छन् । जर्मनीले समूह ‘ए’ जितेको थियो भने डेनमार्कले आफ्नो समूहका तीनै खेल स्लोभेनिया, इंग्ल्यान्ड र सर्बियासँग बराबरी खेलेको थियो ।

– युरो २०२० मा डेनमार्क सेमिफाइनलसम्म पुगेको थियो र त्यहाँ उसको चुनौती इंग्ल्यान्डको हातबाट समाप्त भएको थियो । युरोमा डेनमार्कको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि भनेको सन् १९९२ को उपाधि जित्नु हो, त्यो पनि फाइनलमा जर्मनीलाई नै हराएर ।

– सन् २००६ को विश्वकपका ताका पूरा जर्मनीमा जुन प्रकारको राष्ट्रवादप्रतिको मोह देखिएको थियो, त्यो भने यसपल्टको युरोमा तयार भएको छैन् । डेनमार्कलाई हराएर जर्मनी क्वाटरफाइनल पुग्यो भने सम्भवतः त्यो पनि देख्न पाइने विश्वास छ ।

– डेनार्कले सन् २००७ यता जर्मनीलाई हराउन सकेको छैन् । तर दुई टिमबीचका पछिल्ला चार खेलमध्ये तीन बराबरीमा टुंगेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?