+

तथ्यांकमा स्विट्जरल्यान्डमाथि इटालीको हाबी

२०८१ असार  १५ गते १४:१९ २०८१ असार १५ गते १४:१९
तथ्यांकमा स्विट्जरल्यान्डमाथि इटालीको हाबी

१५ असार, काठमाडौं । डिफेन्डिङ च्याम्पियन इटालीले शनिबार युरो २०२४ को अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डको सामना गर्दैछ ।

इटालीको उद्देश्य रहनेछ, स्विस टिममाथि आफ्नो हाबी कायम रहोस । स्विट्जरल्यान्डले इटालीलाई पराजित गरेको पनि ३१ वर्ष भइसकेको छ । यी दुई टिमबीचको अहिलेसम्मका ६१ खेलमा स्विट्जरल्यान्ड आठ पल्ट मात्रै विजयी रहेको छ । तर, यही स्वीस टिमले सन् २०२४ मा भने हार सामना गर्नु परेको छैन् । यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् :

– इटालीसँग बर्लिनको ओलम्पियास्टाडियनमा खेलेको सुखद अनुभव छ । सन् २००६ को विश्वकपमा इटालीले टाइब्रेकरमा फ्रान्सलाई यसै रंगशालामा हराएर उपाधि जितेको थियो । यस्तै सन् १९३६ को ओलम्पिकमा स्वर्ण पदक जित्नका लागि इटालीले अस्ट्रियालाई फाइनलमा २-१ ले हराएको थियो ।

– युरो २०२४ इटालीका लागि त्यति सुखद भने छैन । अल्बानियाविरुद्धको आफ्नो पहिलो खेलमा इटालीले २३ सेकेन्डमै गोल खाएको थियो । पछि यो खेल २-१ ले जित्न भने सफल रह्यो । स्पेनसँग १-० ले पराजित भएयता क्रोएसियासँग १-१ को बराबरी खेलेको थियो । खेलको अन्त्यतिर इन्ज्युरी समयमा माटिया जाकान्गीले बराबरी गोल गरेका थिए ।

– स्विट्जरल्यान्ड र इटालीबीच सन् २०२२ को विश्वकपको छनोटमा पनि भेट भएको थियो । त्यसमा दुई टिमबीचको दुवै खेल बराबरीमा टुंगेको थियो र स्विस टिम समूह विजेता रह्यो । त्यसपछि इटाली त्यस विश्वकपमा छनोट हुन समेत सकेन् ।

– स्विट्जरल्यान्डका प्रमुख खेलाडीहरू याना सोमर, रिकार्डो रोडरिग्वेज, रेमो फ्लुलेर, नोहा आकाफोर, मिचेल एबिसेर, डन एनडोय, डेनिस जाकारिया, स्लिभन वाडमेर र जारडन सकिरी सबैले इटालीको सिरी ‘ए’ मा खेल्ने गर्छन् ।

– इटालीका खेलाडीमध्ये डिफेन्डर फेडरिको डिमारकोले मात्र स्विट्जरल्यान्डमा एकै पल्ट व्यवसायिक फुटबल खेलेका छन् ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय