+
+

पार्टी ठूलो हुँदै गएपछि धेरै पद चाहिन्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते १४:३९

१५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा पदाधिकारीको संख्या थपिनु स्वभाविक भएको बताएका छन् ।

पार्टीको दशौं महाधिवेशनको सन्दर्भमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी ठूलो हुँदै गएपछि पदाधिकारी संख्या थप्नुपरेको प्रतिक्रिया दिए ।

‘सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन’, उनले भने ।

एकीकृत समाजवादीले हालै सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थपेर पदाधिकारी संख्या थप गरेर २१ बनाएको छ ।

अध्यक्ष नेपालले महाधिवेशन नजिकिएपछि नेताहरुले गरेको भेटघाट र छलफललाई सामान्य रुपमा लिनुपर्ने बताए ।

‘कोही रेष्टुरामा जान्छन्, कोही होटलमा जान्छन् । छलफल गर्छन्, चिया खान्छन् । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामी कहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटलका होटलहरु पनि भरिएका होला’, उनले भने ।

भेटघाट र छलफल भए पनि गुटबन्दी हुन नहुने अध्यक्ष नेपालले बताए । गुटबन्दीकै कारण कम्युनिस्ट पार्टीले धेरै ठूलो धक्का खाएको भन्दै उनले भने, ‘हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरु त्यही दिशामा अघि बढिरहनुभएको छ ।’

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?