+

सहाना प्रधान यू-१९ भलिबलमा महिला तर्फको उपाधि बागमतीलाई

२०८१ असार  १५ गते १४:४९ २०८१ असार १५ गते १४:४९
सहाना प्रधान यू-१९ भलिबलमा महिला तर्फको उपाधि बागमतीलाई

१५ असार, काठमाडौं । लुम्बिनी प्रदेशलाई ३-० को सोझो सेटले पराजित गर्दै बागमती प्रदेशले प्रथम सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

बागमतीले लुम्बिनीलाई फाइनल खेलमा २५-२१,२५-१६ र २५-१८ ले पराजित गरेको हो । यो जितसँगै बागमती प्रदेश अपराजित रहँदै उपाधि विजेता बनेको हो ।

पुरुष तर्फको फाइनल खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच शनिबार नै हुनेछ ।

दुबैतर्फका बिजेताले ३ लाख, उपबिजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

खेलकुद भलिबल लुम्बिनी सहाना प्रधान स्मृति भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय