+

नेपालले लेवनानमा हुने महिला फुटबल प्रतियोगिता नखेल्ने

२०८१ असार  १५ गते १४:४९ २०८१ असार १५ गते १४:४९
नेपालले लेवनानमा हुने महिला फुटबल प्रतियोगिता नखेल्ने

१५ असार, काठमाडौं । नेपालले लेवनानमा हुने भनिएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ ।

लेवनानको वर्तमान सुरक्षा व्यवसथ्लाई मध्यनजर गर्दै नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको अखेल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

यही जुलाई ८ देखि १८ सम्म लेवानानमा चार देशिय प्रतियोगिता हुने तालिका थियो । तर सुरक्षाकै कारण देखाउँदै बंगलादेशले यसअघि नै नाम फिर्ता लिइसकेको छ ।

‘लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै एन्फाले लेवनानमा जुलाई ८ देखि १६ सम्म हुने महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग नलिने निर्णय लिएको छ,’ एन्फाले विज्ञप्तीमा भनेको छ ।

चारदेशिय प्रतियोगिताका लागि नेपालले बन्द्र प्रशिक्षण गरिरहेको थियो भने मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २२ सदस्यीय अन्तिम टोली समेत घोषणा गरिसकेको थियो ।

एन्फाले छिटै नेपाली महिला टोलीलाई अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन संघ तत्पर रहेको जनाएको छ । साथै निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइने एन्फाले जनाएको छ । ‘नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एन्फा तत्पर रहेको र निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइनेछ ।’

महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय