+
+

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा १०८ सदस्यीय कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते १७:०६
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा चयन भएका ओमबहादुर घर्तीमगर ।

१५ असार, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशनले ओमबहादुर घर्तीमगरको अध्यक्षतामा १०८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक विनोदकुमार गुरुङका अनुसार १५ पदाधिकारीसहित १०८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

महासंघको उपाध्यक्षमा उपाध्यक्षमा युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल, बिश्वदिप लिङ्देन, महामन्त्रीमा रामजी कोङरेन, मनहरी श्रेष्ठ र जगतबहादुर बराम चयन भएका छन् । त्यस्तै सहमहामन्त्रीमा दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, अभिशेष चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोज सिंह दनुवार र तेज बहादुर धिमाल रहेका छन् ।

केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट पासाङ शेर्पा, धनकुमारी मगर, टेकबहादुर गुरुङ, पदम निङ्लेखु लिम्बु, केदार सिं गुरुङ, सिला तामाङ, प्रतिक्षा राई, लोकबहादुर समालमगर, सुबास लिम्बु, हरिदेबी भुजेल, भगीमान गुरुङ, सुनिता कुमारी उराँव सन्थाल, प्रेमराज तुम्बाहाङ्फे, थामन लामा र खिम तामाङ  चयन भएका छन् ।

मधेश प्रदेश प्रदेशबाट केन्द्रीय सदस्यमा अमिर लामा मोक्तान, प्रतिक्षा महर्जन, धनकुमारी पुलामी मगर, लिल बहादुर गोले, जंग बहादुर दास थारु, बिजय कुमार मंडल, चन्दा लामा र चन्द्रिका कुमारी मगर चयन भएका छन् ।

बाग्मती प्रदेशबाट केन्द्रीय सदस्य हुनेहरुमा तीर्थ लामा, आङटेण्डी शेर्पा, मदनलाल श्रेष्ठ, केसाङ्मु शेर्पा, अर्जुन कुमार गुरुङ, सानुराम घले, मोहन कुमार तामाङ, पशुपति गुरुङ, लक्ष्मीमाया थिङ, खड्गबहादुर वाइवा, साबित्री थापामगर, जीतबहादुर तामाङ, सरिता श्रेष्ठ, हिरालाल शाक्य, इन्द्रमाया लामा, योमाया तामाङ, ठाकुर कुमाल, सरिता राना थापामगर,  मोहन लाल तामाङ, आकाश लामा, महेन्द्र थापामगर, चन्द्र कुमार तामाङ, राजु कुशुम लामा, बाबुराम तामाङ, तेजप्रसाद गुरुङ, इन्द्रबहादुर लामा, कृपा श्रेष्ठ, प्रेम कुमारी तामाङ, हिमाल तामाङ, रिजन मर्हजन, सूर्य श्रेष्ठ र बिजय लामा छन् ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य हुनेमा रेनुका काउछामगर, राजु गुरुङ, माया रानामगर, देबकुमार मानन्धर, बिक्रमबहादुर सारुमगर, गौमाया खण्डलुक मगर, भीमबहादुर गुरुङ, कृष्णकुमार गुरुङ, नरजंग घर्तीमगर र खेमबहादुर गुरुङ छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबा६ टोपबहादुर थापामगर,  सावित्रा रानामगर, सिता श्रेष्ठ, थानबहादुर कुँवरमगर, रुपमाया पुन, टिचन गुरुङ, खगेश्वर थापामगर, रामबहादुर रानामगर, होमबहादुर शेरचन र प्रमोदबहादुर श्रेष्ठ केन्द्रीय सदस्य बनेका छन् ।

कर्णाली प्रदेशबाट हस्त पुनमगर, नन्द बहादुर गुरुङ, कुनज्याप तामाङ, दुर्गा कुमारी श्रेष्ठ, तिलक मर्साङ्गीमगर, मानबहादुर बुढामगर, अमर बहादुर रौकामगर, बलिमाया बुढामगर, भदे बुढामगर, प्रेमबहादुर राम्जालीमगर, पवित्रा थापामगर पुन, धनबहादुर घर्तीमगर र निमा छिरिङ केन्द्रीय सदस्य बनेका छन् ।

सूदुरपश्चिमाञ्चलबाट बासुदेव सिंह ऐतवाल, खड्ग बहादुर बुढामगर, बसन्तीदेवी थापामगर र सञ्जयकुमार वैद्य केन्द्रीय सदस्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?