+
+

खोकनामा खेत रोप्दै राजेश हमाल (तस्वीरहरु)

शंकर गिरी शंकर गिरी
२०८१ असार १५ गते १७:५८

१५ असार, काठमाडौं । धान दिवसको अवसरमा शनिबार अभिनेता राजेश हमालसहितको टोलीले ललितपुरको खोकनामा रोपाईं उत्सव मनाएको छ ।

क्रान्तिकारी कृषि युद्ध (Raw) नामक कृषि रियालिटी सोले आयोजना गरेको उक्त उत्सवमा हमालसहितको टोलीले हिलोमा डोरी तान्ने प्रतिस्पर्धा पनि गरेको छ । त्यस क्रममा अभिनेता हमालले किसानहरुसँगै खेत पनि रोपे ।

धान दिवसकै अवसर पारेर उक्त रियालिटी सो का लागि आवेदन पनि आह्वान गरिएको छ । रियालिटी सो का लागि व्यवसायिक किसान र बीएससी एजी वा सो सरह अध्ययन गरेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।

कार्यक्रममा विभिन्न १६ वटा विषयगत एपिसोडहरु हुने र सहभागीको प्रस्तुतिलाई निर्णायकहरुको प्यानलले मूल्यांकन गर्ने क्रान्तिकारी कृषि युद्धका सागर भट्टराईले जानकारी दिएका छन् । निर्णायकहरुको प्यानमा कृषि मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्की कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषयविज्ञ रहनेछन् ।

कार्यक्रमको विजेता कृषक तथा प्राविधिकले कम्तीमा १० लाख नगद र अन्य सामग्री पाउनेछन् ।

हेर्नुहोस् तस्वीरहरु   

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?