+

सहाना प्रधान यू-१९ भलिबल : पुरुषमा गण्डकी महिलामा बागमती च्याम्पियन

२०८१ असार  १५ गते १९:०८ २०८१ असार १५ गते १९:०८
सहाना प्रधान यू-१९ भलिबल : पुरुषमा गण्डकी महिलामा बागमती च्याम्पियन

१५ असार, काठमाडौं । लुम्बिनी  प्रदेशलाई ३-१ को सोझो सेटमा पराजित गर्दै गण्डकी  प्रदेश पुरुष टिम प्रथम सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार गण्डकीले लुम्बिनीलाई फाइनल खेलमा २५-१५,२०-२५, २५-२० र २५-२० ले  पराजित गरेको हो ।

महिलातर्फको शनिबार नै भएको फाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ३-० को सेटले पराजित गर्दै उपाधि जितेको छ ।

प्रतियोगिताको महिला र पुरुष दुबैतर्फका बिजेताले ३ लाख, उपबिजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

जेनिशा र विश्वास सर्वोत्कृष्ट

प्रतियोगितामा महिलातर्फ बागमती प्रदेशकी जेनिशा विश्वकर्मा र पुरुषतर्फ गण्डकी प्रदेशका विश्वास अधिकारी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

दुवै सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।

महिलातर्फ उत्कृष्ट लिबेरो बागमती प्रदेशकी लिबेरो अन्जिला प्रधान र पुरुषतर्फ गण्डकी प्रदेशका जीतबहादुर सार्कीले जिते। दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट सेटरमा महिलातर्फ बागमतीकै भावना तामाङ र पुरुषतर्फ लुम्बिनी प्रदेशका दिपेश कुँवरले जिते । दुवैले १० हजार पुरस्कार  र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट सर्भर महिलातर्फ गण्डकी प्रदेशकी सोइङ थापाले जितिन्  । पुरुषतर्फ भने गण्डकी प्रदेशका सूर्य बिकले जिते । दुवै खेलाडीले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट स्पाइकर महिलातर्फ बागमतीकी सलिना बुढा मगर र पुरुषतर्फ लुम्बिनी प्रदेशका सागर रसौलीले जिते । यो विधामा पनि दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट ब्लकर महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरी भइन् भने पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका अर्जुन नेपालीले जिते । दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशले बागमतीलाई हराएको हो ।

महिलातर्फ गण्डकी प्रदेशले कोशी प्रदेशलाई हराउँदै तेस्रो भयो । गण्डकीले १ लाख पुरस्कार र मेडल प्राप्त गर्‍यो ।

खेलकुद भलिबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय