+
+

बाइडेन राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट हट्न सक्छन् ?

बीबीसी बीबीसी
२०८१ असार १५ गते १८:३१

१५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको पहिलो प्रेसिडेन्सियल बहस सकिएको छ र, यसको नतिजा राष्ट्रपति जो बाइडेनका लागि राम्रो रहेन ।

बिहीबार भएको बहसमा बाइडेनको पहिलो प्राथमिकता थियो, आफ्नो उमेरलाई लिएर उठेको प्रश्नको जवाफ दिने । तर बहसले थप चिन्ता बढाएको छ ।

त्यसो भए के ८१ वर्षका बाइडेनले उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिनसक्छन् ?

डेमोक्रेटिक पार्टीले १९ देखि २२ अगष्टसम्म सिकागोमा हुने सम्मेलन (डीएनसी) बाट राष्ट्रपतिको उम्मेदवार आधिकारिक रुपमा चयन गर्नेछ । त्यहाँ जसले बहुमत डेलिगेट्स (प्रतिनिधि) को समर्थन पाउँछ, उही उम्मेदवार हुन्छ ।

हरेक राज्यको प्राइमरी चुनावको नजिताका आधारमा उम्मेदवारहरुलाई डेलिगेट्स दिइएको छ । यस वर्ष बाइडेनले ४ हजार प्रतिनिधिमा लगभग ९९ प्रतिशत जितेका छन् । डीएनसीको नियमअनुसार यसरी आएका प्रतिनिधिहरु बाइडेनका लागि प्रतिवद्ध हुनेछन् र उनलाई समर्थन गर्न बाध्य पनि ।

बाइडेन आफैं उम्मदेवार बन्न चाहेनन् भने चाहिँ डीएनसी सबैका लागि खुला हुनेछ । तर अहिलेसम्म बोइडेनले उम्मेदवारीबाट पछाडि हट्ने संकेत गरेका छैनन् ।

बाइडेनलाई बलपूर्वक हटाउन सकिन्छ ?

अहिलेसम्म कुनै राष्ट्रिय पार्टीले उम्मेदवारको दौडमा रहेकाहरुलाई बलपूर्वक हटाउन प्रयाससम्म गरेका छैनन् ।

तर डीएनसीको नियममा सानातिना कमजोरी छन्, यसमा सैद्धान्तिक रुपमा बाइडेनलाई उम्मेदवारको दौडबाट बाहिर पुर्‍याउने सम्भावना छ ।

नियमले प्रतिनिधिहरुलाई जसले चुनेर पठाएका हुन्, विवेकका साथ उनीहरुको भावना प्रतिबिम्बित गर्न अनुमति दिन्छ । अर्थात यदि पूरा देशभरमा डेमोक्रेटिक मतदाताको ठूलो संख्या बाइडेनको विपक्षमा भएमा उनीहरुले अर्को उम्मेवार खोज्न सक्छन् ।

को हुनसक्छ विकल्प ?

यदि आफ्ना राष्ट्रपतिको कार्यकालमा बाइडेनले पद छाडेमा उपराष्ट्रपति कमला ह्यारिसले स्वतः उनको स्थान लिनेछिन् ।

तर यो नियम त्यसबेला लागू हुने छैन, जतिबेला बाइडेनले नोभेम्बरमा हुने चुनावको दौडबाट आफैंलाई बाहिर राख्छन् ।

त्यो बेलामा ह्यारिसले पनि अरु उम्मेदवारहरुले जस्तै बहुमत प्रतिनिधिको समर्थन खोज्नुपर्छ । त्यसरी हेर्दा उपराष्ट्रपति ह्यारिस सम्भावित उम्मेदवार त हुन्, तर अमेरिकी जनतामा उनको कम लोकप्रियताले त्यो सम्भावनालाई कमजोर बनाएको छ ।

एक सर्वेक्षणका अनुसार उनीप्रति जनताको अरुची (नेट डिसअप्रुभल) झण्डै ५० प्रतिशत छ ।

त्यसो भए को हुन सक्छन् त विकल्प ? यो चुनावी प्रक्रियामा केही डेमोक्रेटिक उम्मेदवारले बाइडेनलाई चुनौती दिने कोशिस गरेका थिए, जसमा डीन फिलिप्स र म्यारियाना विलियम्सन पनि थिए ।

दुबैले प्रयास गरेका थिए । तर राष्ट्रपतिको उम्मेदवारका लागि सर्ट लिस्टमा पर्ने सम्भावना कम छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम वा मिसिगनका गभर्नर ग्रेचर ह्विटमर विकल्प हुनसक्ने कतिपयको अनुमान छ । तर दुबैले बाइडेनको स्थान लिने रुची देखाएका छैनन् ।

न्यूसम त बाइडेनप्रति प्रतिवद्ध देखिएका छन् । उनले भनेका छन्, ‘मैले उनीसँग निकै समय बिताएको छ र उनले पछिल्लो तीन वर्षमा के गरे भन्ने मलाई थाहा छ । म उनको भिजन र क्षमता जान्दछु र म आत्तिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?