+

टी-२० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ रोज्यो

२०८१ असार  १५ गते १९:५१ २०८१ असार १५ गते १९:५१
टी-२० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ रोज्यो

१५ असार, काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् ।

पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।

भारतले सन् २००७ को टी-२० विश्वकप फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । सन् २०१४ को टी-२० विश्वकप फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले हारेको थियो । उता दक्षिण अफ्रिका कुनै पनि विश्वकपको पहिलो पटक फाइनल खेल्दैछ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण १-१ अंक बाँडेको थियो । सुपर-८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।

उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराएको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।

दक्षिण अफ्रिकाको प्लेइङ ११ :

क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम (कप्तान), ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेविड मिलर, मार्को यानसन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्किया र तबरेज शाम्सी,

बेन्च – ओटनिल बार्टमान, जेराल्ड कोट्जी, ब्जोर्न फोटुइन र रयान रिकेल्टन ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिबम दुबे, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह र जस्प्रित बुमराह ।

बेन्च  – युजभेन्द्र चहल, सञ्जु स्यामसन, मोहम्मद शिराज र यशस्वी जैसवाल ।

 

आईसीसी टी२० विश्वकप २०२४ भारत र दक्षिण अफ्रिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय