+
+

इन्फा फिल्म अवार्ड लण्डनमा आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते १९:५२

काठमाडौं । नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा २०२४)को आयोजना गरिने भएको छ ।

आयोजित पत्रकार सम्मेलनमा भदौ १५ गते अवार्ड समरोह गर्ने जानकारी दिइयो । यति नेपाली एसोसिएसन बेलायतको आयोजना र सगिक्षा फिल्म इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा समारोह गर्न लागिएको हो ।

सन् २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्ममध्येबाट छनोट हुने उत्कृष्ट ३ फिल्मलाई पुरस्कृत गर्ने उल्लेख छ । अभिनेता सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य छन् ।

संस्थाका अध्यक्ष पिप्ला देवन थापाले मर्यादित अवार्ड समारोह आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । अवार्डका लागि युके कमिटीमा अध्यक्ष थापासहित पूर्वअध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिषराज पन्त र पाल्देन लामा छन् ।

नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रकाश कुवँर कोषाध्यक्ष र मनीष कार्की संयोजकका रुपमा छन् ।

उक्त पत्रकार सम्मेलनमा सहभागि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अवार्डले घरेलु फिल्मको प्रवर्धनमा भूमिका खेल्ने विश्वास राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?