+

बंगलादेशमा धर्म र पुष्पलाई स्वर्ण

२०८१ असार  १५ गते २०:२७ २०८१ असार १५ गते २०:२७
बंगलादेशमा धर्म र पुष्पलाई स्वर्ण

१५ असार, काठमाडौं । नेपाली भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले अन्तर्राष्ट्रिय खुला भेट्रान एथ्लेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् ।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा धर्मले ५० वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण जितेको टोली नेतृत्व गरेका बुद्धवीर लामाले जनाएका छन् । प्रतियोगितामा धर्मको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । यसअघि धर्मले ५ हजार मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।

पुष्पलालले पनि १० हजार मिटर दौडमै ६५ वर्षमाथि उमेरसमूहमा पहिलो स्थान हात पारे । सोही दूरीको ४० वर्षमाथि लाक्पा शेर्पा लामा पाँचौं स्थानमा रहे ।

प्रतियोगितामा नेपालबाट ६ जना भेट्रान धावकले प्रतिस्पर्धा गरेका थिए । नेपालले ५ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्यो ।

यसअघि ६५ वर्षमाथि ५ हजार मिटर दौडमा गीतकार समेत रहेका बुद्धवीर लामा स्वर्ण तथा रैवत दाहालले ५० वर्षमाथि १ हजार ५ सय मिटर दौडमा स्वर्ण र  ५ हजार मिटर दौडमा रजत जितेका थिए ।

५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रञ्जितले कांस्य हात पारे । टोली मंगलबार स्वदेश फर्किदैछ ।

एथ्लेटिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय