+
+

राजेश हमालले कृषिमा आधारित गेम रियालिटी टिभी शो ‘र’ होस्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते २०:४७

काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा एग्रिकल्चर गेम रियालिटी शो ‘र’को घोषणा गरिएको छ । धान रोपाई उत्सव मनाउँदै नयाँ टिभी शो आउने जानकारी दिइयो ।

हिमालय टिभीमा प्रसारण हुने यो कार्यक्रमका लागि आवेदन समेत खुला गरिएको छ । यो कार्यक्रमका लागि तीनै तहका सरकारसहित त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी समेत भएको छ ।

यो कार्यक्रमको होस्टको रुपमा अभिनेता राजेश हमाल छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोड समावेश हुनेछन् ।

जसमा सहभागीको प्रस्तुतिलाई निर्णायक प्यानलले मूल्यांकन गर्नेछ । निर्णायकको प्यानलमा कृषि मन्त्रालयका पूर्वसचिव योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री नम्रता पाण्डे र अन्य विषय विज्ञ छन् ।

‘र’लाई बेजोड़ रियालिटी गेम शो बताइएको छ । कृषि उद्यमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषय बनाएर कार्यक्रम उत्पादन गर्न लागिएको जनाइएको छ । ‘किसानलाई सम्मानजनक पहिचान दिने उद्देश्य अनुरुप प्रस्तुत गरिनेछ’ विज्ञप्तिमा भनिएको छ ।

कृषक र कृषि प्रविधिकले शोमा भाग लिनेछन् जसमा दिगो र नवीन कृषि अभ्यास प्रवर्धन गर्दैै उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिने उल्लेख छ । कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रुपमा प्रस्तुत गर्ने कार्यक्रमको उद्देश्य तय गरिएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा ललितपुर महानगरपालिका–२१, खोकनाको सहकार्यमा आयोजित समारोहमा अभिनेता हमालसहित पूर्वकृषिमन्त्री छविलाल विश्वकर्मा, पूर्वसचिव योगेन्द्रकुमार कार्कीलगायतका व्यक्तित्व सहभागि थिए ।

यो कार्यक्रम मंसिरदेखि प्रसारण हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?