+

दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको लक्ष्य

२०८१ असार  १५ गते २१:५५ २०८१ असार १५ गते २१:५५
दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको लक्ष्य

१५ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई उपाधि जित्न १ सय ७७ रनको लक्ष्य दिएकोछ । बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनायो ।

भारतका विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए । अक्षर पटेल ३१ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन
चौथो विकेटलाई कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेका थिए । १४ औं ओभरको तेस्रो बलमा विकेटकिपर क्विन्टन डि ककको डाइरेक्ट थ्रोमा अक्षर पटेल रन आउट भएपछि अर्धशतक बनाउनबाट चुकेका थिए ।

भारतले सुरुवाती ७ बलमा २३ रन जोडेको थियो । स्पिनर केशव महाराजको दोस्रो ओभरको चौथो बलमा रोहित शर्मा स्वीप खेल्ने धुनमा ९ रनमा हेनरिक क्लासेनबाट क्याच आउट भएपछि रनको गति रोकिएको थियो । यसै ओभरको अन्तिम बलमा ऋषभ पन्त शून्यमा क्याच आउट भएपछि भारत केही दबाबमा परेको थियो ।

कागिसो रबाडाको बलमा सूर्यकुमार यादव ३ रनमा क्याच आउट हुन पुगे । शिबम दुबे १६ बलमा ३ चौका र १ छक्कासहित २७ र रविन्द्र जडेजा २ रनमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिए । भारतले जिते दोस्रो पटक टी२० विश्वकप उपाधि जित्ने छ । दक्षिण अफ्रिकाले जितेमा पहिलो विश्वकप उपाधि जित्नेछ ।

आईसीसी टी२० विश्वकप २०२४ भारत र दक्षिण अफ्रिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय