+

स्विट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो

२०८१ असार  १६ गते ०:१२ २०८१ असार १६ गते ०:१२
स्विट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो

१५ असार, काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ ।

नकआउट चरणको पहिलो खेलमै शनिबार राति  स्विट्जरल्याण्डसँग २-० ले पराजित भएपछि इटलीको यात्रा अन्तिम १६ बाटै समाप्त भएको हो । स्विट्जरल्याण्ड भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको हो ।

बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक/एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको साविक विजेता इटलीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न सकेन र बाहिरियो ।

स्विट्जरल्याण्डले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ ।

तस्बीर : युईएफए

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय