+

एचके मडरर्सले जित्यो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

२०८१ असार  १६ गते ०:४३ २०८१ असार १६ गते ०:४३
एचके मडरर्सले जित्यो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

१५ असार, सुर्खेत । हेल नाइट (एचके) मडरर्सले प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिप २०८१ को उपाधि शनिवार जितेको छ । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शुक्रबा र शनिवार भएको फाइनल चरणको लियो स्पोर्ट्सलाई पछि पार्दै एचके मडर्सस च्याम्पियन बनेको हो ।

दुवै टोलीले समान अंक जोडेपनि धेरे चिकेन डिनर खाएको आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक ई स्पोर्ट्स एसोसिएनका सचिव आशिष दाहालले जानकारी दिए ।

च्याम्पियन बनेको एचके मडरर्सले २ लाख २५ हजार प्राप्त गर्‍यो । दोस्रो भएको लियो स्पोर्ट्सले १ लाख ८० हजार पायो । यस्तै तेस्रो भएको फ्याभ फोरले १ लाख ८ हजार प्राप्त गर्‍यो ।

पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टिमले नगद पुरस्कार प्राप्त गरेका थिए ।

लियो स्पोर्ट्सका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए । उनले एक थान टेक्नो पोभा-६ मोबाइल प्राप्त गरे ।

च्याम्पियनसिपमा तीन इभेन्ट समावेश गरिएको थियो । जसमा इफुटबलको उपाधि गौरव पुडासैनीले जिते । यस्तै मोबाइल लेजेण्ड्स (एमएलबीबी) को मोबाइल पब्जी बाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो ।

ई स्पोर्ट्स संघ नेपालको आधिकारिक गठन भएपछि पहिलो प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो ।

पहिलो पटक आयोजना भइरहेको ई राष्ट्रिय स्पोर्टस् च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

छनोट चरणको खेलपछि मोबाइल पब्जीको १६ टोलीले प्रतिस्वर्धा गरेका थिए ।

विजेतालाई कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्याल, ईशानका अध्यक्ष अन्जन धमला, वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केशी, सचिव बालकुमार केसी लगायतले पुरस्कृत गरेका थिए ।

 

 

राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय