+

बुमराह टी-२० विश्वकप २०२४ का सर्वोत्कृष्ट खेलाडी

२०८१ असार  १६ गते ६:२० २०८१ असार १६ गते ६:२०
बुमराह टी-२० विश्वकप २०२४ का सर्वोत्कृष्ट खेलाडी

१६ असार, काठमाडौं । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर सानदार प्रदर्शनका साथ १५ विकेट लिएका थिए ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २-२ विकेट लिएका थिए ।

अफगानिस्तान र पाकिस्तानसँग ३-३ तथा अष्ट्रेलियासँग १ विकेट लिएका थिए । भारतले शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी-२० विश्वकप उपाधि जितेको थियो ।

१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । अन्तिम ३० बलमा ३० रन चाहिँदाबाट हार्न पुगेको थियो । बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।

जस्प्रित बुमराह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय