+
+

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते ६:४९

१६ असार, काठमाडौं । एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ ।

महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नेताहरुले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन् ।

नयाँ नेतृत्वमा हालका अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका घनश्याम भूसाल दाबेदार छन् ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले एकीकृत समाजवादीले दशौं महाधिवेशन भनेको छ ।

संघीय संसदमा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?