+

भारतलाई उपाधि जिताएसँगै कप्तान रोहितको सन्न्यासको घोषणा  

२०८१ असार  १६ गते ६:५९ २०८१ असार १६ गते ६:५९
भारतलाई उपाधि जिताएसँगै कप्तान रोहितको सन्न्यासको घोषणा  

१६ असार, काठमाडौं – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । रोहितले टी २० आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्यो । भारतलाई टी–२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए ।

रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले १५९ टी–२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७ मा टी–२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । भारतले २००७ मा टी–२० विश्वकप उपाधि जित्दा टोलीका सदस्य थिए । उनको कप्तानीमा भारतले ६२ टी २० आई खेलमा ४९ मा जित र १२ खेलमा हार व्यहोरेको थियो । भारतका अर्का क्रिकेटर विराट कोहलीले पनि टी–२० आईबाट सन्न्यासको घोषणा गरेका छन् ।

रोहित शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय