+

रोहित दुई टी–२० विश्वकप जित्ने एक्लो भारतीय खेलाडी

२०८१ असार  १६ गते ७:१४ २०८१ असार १६ गते ७:१४
रोहित दुई टी–२० विश्वकप जित्ने एक्लो भारतीय खेलाडी

१६ असार, काठमाडौं – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा दुई टी–२० विश्वकप उपाधि जित्ने पहिलो भारतका पहिलो र एक्ला खेलाडी बनेका छन् । उनको उत्कृष्ट कप्तानी र प्रदर्शनमा भारतले अपराजित रहँदै २०२४ टी–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा शनिबार राती भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो ।

भारतले यसअघि सन् २००७ को पहिलो संस्करणमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । त्यो सयम रोहित भारतको युवा स्पिन अलराउण्डरको रुपमा टोलीमा थिए । सन् २००७ को फाइनलमा रोहितले पाकिस्तानविरुद्ध ३० रनको अविजित इनिङ खेलेका थिए । उनले २००७ सेप्टेम्बर १९ मा इंग्ल्यान्डविरुद्ध टी२० आईमा डेब्यू गरेका थिए । भारतले २००७ को विश्वकप जित्दा वर्तमान टोलीमा भएका रोहित एकमात्रै सदस्य हुन् ।

सन् २०२१ को टी-२० विश्वकपमा विराट कोहलीको कप्तानीमा भारत पहिलो चरणबाटै बाहिरिएपछि भारतले रोहितलाई कप्तान बनाएको थियो । तर २०२२ को उनको कप्तानीमा भारत सेमिफाइनलमा इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरिएको थियो ।
दुई टी–२० विश्वकप उपाधि जित्ने भारत तेस्रो टोली हो । यसअघि वेष्टइण्डिजले सन् २०१२ र २०१६ तथा इंग्ल्यान्डले २०१० र २०२२ मा टी–२० विश्वकप उपाधि जितेको थियो । भारतले १३ वर्षपछि विश्वकप उपाधि जितेको हो ।

यसअघि भारतले २०११ मा एकदिवसीय विश्वकप उपाधि जितेको थियो । पछिल्लो पटक २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो । भारतले सन् २०१४ को टी२० विश्वकप फाइनल, २०१६ को टी२० विश्वकप सेमिफाइनल, २०१७ को च्याम्पियन्स ट्रफी फाइनल, २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनल र २०२३ को एकदिवसीय विश्वकप फाइनल हार्दा रोहित टोलीमा प्रमुख ब्याटर थिए ।

भारतीय क्रिकेट टोली रोहित शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय