+

सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिपमा बसन्त, किरण र खुशी च्याम्पियन

२०८१ असार  १६ गते ८:२९ २०८१ असार १६ गते ८:२९
सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिपमा बसन्त, किरण र खुशी च्याम्पियन

१६ असार, काठमाडौ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा काठमाडौंको टोखामा भएको सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिपमा बसन्त राई, खुशी विके र किरण लामा च्याम्पियन बनेका छन् ।

दुई दिने प्रतियोगिताको सिनियर पुरुतर्फ बसन्त राई प्रथम, शरद राई दोस्रो  र  पेन्थेलिन शेर्पा तेस्रो भए ।

काठमाडौंको टोखा नगरपालिकामा आयोजना भएको च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विके प्रथम, समीक्षा राई दोस्रो, लेमंग मगर तेस्रो भए ।

पुरुष जुनियरतर्फको खुलामा किरण लामा गुरुङ प्रथम, यमबहादुर कामु दोस्रो, अविशेष परिवार तेस्रो भए ।

सबै प्रथम हुनेलाई २५ हजार रपियाँ, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८० जुनियर तथा सिनियर  पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी रहेका थिए ।

ती खेलाडीलाई खुल्ला सिनियर पुरुष, खुल्ला जुनियर पुरुष, खुल्ला महिला स्केटिङ च्याम्पियनसिप गरेर तीनवटा विद्यामा खेलाइएको थियो ।

प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको थियो ।

स्केटिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय