+
+

प्रतिनिधि सभाको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते ८:४७

१६ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपरान्ह ३ बजे बस्ने बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८१ पारित गर्ने कार्यसूची छ ।

त्यसअघि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत हुने छन् । त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रश्तुत गर्नेछन् ।

आजकै बैठकमा भन्सार महसुल विधेयक पनि पारित गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पुनले भन्सार विधेयक दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसपछि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरेर विधेयक पारित गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?