
१६ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा ल्याएको छ । सडक बत्ती बालेवापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो ।
प्राधिकरणका अनुसार विद्युतका बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको छ । त्यसका लागि सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।
आइतबार जारी गरिएको सूचनामा किस्ताबन्दी सुविधाका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिन जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4