+
+

अनलाइनबाटै यसरी गर्नुहोस् डिम्याट खाता नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते ९:३९

१६ असार, काठमाडौं । असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे रोक्का हुने भएको छ । निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन् । हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

असार मसान्तसम्म नवीकरण नभएमा डिम्याट खाता रोक्का हुन जान्छ,  भएको सेयर बेच्न पाइँदैन भने नयाँ सेयर खरिद गर्न पनि मिल्दैन । डिम्याट खाता नवीकरणवापत प्रत्येक वर्ष १ सय रुपैयाँ र मेरो सेयर नवीकरणवापत ५० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्दछ ।

कतिपय निक्षेप सदस्यले निश्चित रकम पहिले नै भुक्तानी गरेपछि आजीवन डिम्याट खाता नवीकरण गर्नु नपर्ने प्याकेज पनि उपलब्ध गराएका छन् । यस्तो प्याकेज लिएकाहरूले डिम्याट खाता नवीकरण गरिरहनु पर्दैन ।

डिम्याट खाता नवीकरण कसरी गर्ने ?
घरमै बसेर अनलाइन प्रणाली मेरो सेयर तथा भुक्तानीका विभिन्न माध्यममार्फत डिम्याट खाता नवीकरण गर्न सकिन्छ ।

पहिले मेरो सेयर ‘लगइन’ गर्नुहोस् । मेरो सेयर खुलिसकेपछि दायाँ साइडमा माथि भएको आफ्नो नाममा क्लिक गर्नुहोस् । ‘एकाउन्ट इन्फर्मेसन’मा रहेको ‘रिन्यू एकाउन्ट’मा क्लिक गर्नुहोस् । त्यसपछि भुक्तानीका माध्यम इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, एनसीएचएल (कनेक्ट आईपीएस) देखा पर्दछ ।

जुन माध्यमबाट भुक्तानी गर्न चाहेको हो, त्यसमै क्लिक गर्नुहोस् । मेरोसेयर र डिम्याट दुवै नवीकरण, मेरो सेयर वा डिम्याट नवीकरणमध्ये एक छनोट गर्नुहोस् । मेरो सेयर पनि बर्सेनि नवीकरण गर्नुपर्ने भएकाले नवीकरण नगरेकाले ‘मेरो सेयर एण्ड डिम्याट’ क्लिक गर्नुहोस् ।

‘प्रोसिड’ मा क्लिक गरी भुक्तानी माध्यमको युजर नेम तथा पासवर्ड प्रयोग गरी लगइन गर्नुहोस् । लगइनपछि रकम ‘पे’ वा ‘सबमिट’ गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?