+

तथ्यांकमा अपराजित इंग्ल्यान्डको स्लोभाकियासँग भेट

२०८१ असार  १६ गते १२:२६ २०८१ असार १६ गते १२:२६
तथ्यांकमा अपराजित इंग्ल्यान्डको स्लोभाकियासँग भेट

१६ असार, काठमाडौं । इंग्ल्यान्डले आइतबार युरो २०२४ को अन्तिम १६ को खेलमा स्लोभाकियाको सामना गर्दैछ । यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

– इंग्ल्यान्ड समूह विजेताका रूपमा नकआउट चरण पुगेको हो । लिग चरणका तीनै खेलमा इंग्ल्यान्ड अपराजित रहेको छ । तर, इंग्लिस फुटबलका समर्थक टिमको प्रदर्शनमा खुसी हुन सकेका छैनन् ।

– इंग्ल्यान्डका लागि मुख्य प्रशिक्षक गेराथ साउथगेटको यो चौथो ठुलो प्रतियोगिता हो । उनको नेतृत्वमा इंग्ल्यान्ड कम्तीमा क्वाटरफाइनल पुगेको छ ।

– एउटा स्वतन्त्र देशका रूपमा स्लोभाकिया दोस्रोपल्ट युरोको अन्तिम १६ को खेल खेल्दैछ । सन् २०१६ मा पनि स्लोभाकिया अन्तिम १६ को चरणसम्म पुगेको थियो, तर त्यसभन्दा अगाडि पुग्न सकेको छैन् ।

– स्लोभाकियाले यस युरो २०२४ को सबैभन्दा आश्चर्यजक नतिजाका रूपमा बेल्जियमलाई १-० ले हराएको थियो ।

– इंग्ल्यान्ड स्लोभाकियाविरुद्ध ६ खेलमा अपराजित छ । यी खेलमध्ये पाँचमा इंग्ल्यान्ड विजयी रहेको छ । एक खेल भने बराबरीमा टुंगेको थियो ।

– ह्यारी केनले इंग्ल्यान्डका लागि पछिल्ला ६ ठुला प्रतियोगिताको नकआउट चरणमा ६ गोल गरेका छन् । डेनमार्कविरुद्ध आफ्नो देशका लागि उनको गोल कीर्तिमान ६४औं थियो ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय