
१६ असार, काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4