+
+

भारतमा ‘कल्की’ को तीनदिने कमाइ २२० करोड, छोटो रोलबारे कमल हसनले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १२:३१

काठमाडौं । प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ अहिले सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्मले बक्स अफिसमा दर्शकको राम्रो साथ पाइरहेको छ ।

बिहीबार विश्वव्यापी रिलिज भएको यो साइन्स-फिक्सन फिल्मले भारतमा शनिबारसम्म २२० करोड कमाइ गरेको छ । हिन्दी भर्सनमा मात्रै यसले दुई दिनमा ४५.७५ करोड कलेक्सन गरेको बलिउड हंगामाले जनाएको छ । यस्तै फिल्मले विश्वव्यापी रुपमा २९८.५ करोड भारु कमाइ गरेको छ ।

नाग अश्विन निर्देशित ‘कल्की’ मा दक्षिण भारतीय स्टार कमल हसनको भूमिका छोटो तर प्रभावकारी छ । उनलाई पर्दामा अरु बढी देख्न चाहने दर्शकहरु निराश समेत भएका छन् । यस विषयमा मुख खोल्दै कमल हसनले भनेका छन्, ‘यो त सुरुवात मात्रै हो, सिक्वेलमा धेरै कुरा बाँकी छ । फिल्मको असली हिस्सा सुरु हुँदैछ । मलाई दोस्रो भागमा धेरै गर्नु छ ।’

उनले फिल्मको प्रशंसामा थप भने, ‘फिल्ममा काम गरेर मलाई यस्तो लाग्यो कि हिन्दी सिनेमा ग्लोबल मनोरञ्जनको बाटोमा अरु अगाडि बढ्दैछ । कल्की २८९८ एडी त्यसमध्ये एक हो ।’

निर्देशक नाग अश्विनले कुनै धार्मिक पक्षधरता नलिई पौराणिक कथाको विषयलाई सावधानीपूर्वक उठाएको पनि कमल हसनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?