१६ असार, काठमाडौं । उपाधि दाबेदार मानिएको स्पेनले युरो २०२४ को आफ्नो नकआउट चरणको खेलमा आइतबार राति जर्जियाको सामना गर्दैछ ।
यस खेलसँग जोडिएका तथ्यांक यसप्रकार छन् :
– स्पेन युरो २०२४ मा एक्लो यस्तो टिम हो, जसले लिग चरणका सबै आफ्ना तीन खेल जितेको छ । लिग चरणमै स्पेनले डिफेन्डिङ च्याम्पियन इटालीलाई हराएर बलियो भएको प्रमाणित गरेको छ ।
– स्पेन सन् २०१२ यता युरो जित्ने लक्ष्यका साथ खेलिरहेको छ र जर्जियासामु इतिहास स्पेनकै पक्षमा छ ।
– गत वर्षको युरो छनोटमा स्पेनसामु जर्जिया निकै कमजोर विपक्षी टिम सावित भएको थियो । छनोटका दुई खेलमध्ये स्पेन एकमा ३–१ र अर्कोमा ७–१ ले विजयी रहेको थियो । यसरी स्पेनले यी दुई खेलमा जर्जियामाथि १० गोल गरेको थियो ।
– छनोटयता जर्जियाले प्रशिक्षक विली साग्नोलको नेतृत्वमा प्रगति भने धेरै गरेको छ । लिग चरणमा जर्जियाले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २–० ले हराएको थियो । जर्जिया तीव्र गतिको आउन्टर एट्याकमा खेल्ने टिम रहेको छ ।
– यो खेलको विजेताको क्वाटरफाइनलमा आयोजक जर्मनीसँग भेट हुनेछ ।
– जर्जियाका जर्जेस मिकाउटाड्जे युरो २०२४ को सार्वधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा छन् । उनले तीन गोल गरेका छन् ।
प्रतिक्रिया 4