+
+

दीपिका पादुकोणको फाउन्डेसनले सुरु गर्‍यो मानसिक स्वास्थ्य शो ‘लेक्चर सिरिज अनप्लग्ड’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १३:००

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको फाउन्डेसन लाइभ लभ लाफ (एलएलएल) ले ‘लेक्चर सिरिज अनप्लग्ड’ सुरु गर्ने घोषणा गरेको छ । यो त्रैमासिक कार्यक्रमको उद्देश्य मानसिक स्वास्थ्यको बारेमा चेतना अभिवृद्धि र कुराकानीलाई प्रवर्द्धन गर्नु रहेको (एलएलएल) ले जनाएको छ ।

यस शृङ्खलामा समाजका प्रसिद्ध व्यक्तिहरुले आफ्नो जीवनको अनुभव, सफलता, असफलता र सिकाइलाई बाँड्नेछन् ।

यसबारे दीपिकाले भनेकी छन्, ‘पछिल्लो १० वर्षमा एलएलएलले महत्त्वपूर्ण मानसिक स्वास्थ्य वार्तालापको सफलतापूर्वक सुरक्षित स्थान बनाएको छ । लेक्चर सिरिज अनप्लग्ड’ को साथ एलएलएलले धेरै मानिसबीच  पुग्ने र व्यक्ति, समुदाय र समाजमा हाम्रो प्रभावलाई अझ बलियो बनाउन सक्ने सम्बन्धित कथाहरू बाँड्ने लक्ष्य राखेको छ ।’

मनोचिकित्सक तथा लाइभ लभ लाफका अध्यक्ष डा. श्याम भाटले भने, ‘यो शृङ्खला मानसिक स्वास्थ्य वार्तालाप शारीरिक स्वास्थ्यको छलफल जस्तै सामान्य र आवश्यक बनाउन महत्वपूर्ण कदम हो । हाम्रो कथा बाँडेर हामी मानिसहरुलाई प्रोत्साहित गर्न सक्छौं ।’

लेक्चर सिरिज अनप्लग्डलाई लिभ लभ लाफकी सीईओ अनिषा पादुकोणले डा. श्याम भाटसँग होस्ट गरेकी छन् । पहिलो एपिसोडमा अभिनेता, उत्प्रेरक तथा कन्टेन्ट क्रिएटर दानिश सैतले आफ्नो मानसिक स्वास्थ्यका कुरा बाँडेका छन् ।

लिभ लभ लाफ फाउन्डेसन सन् २०१५ मा दीपिका पादुकोणले स्थापना गरेकी थिइन् । यो एक च्यारिटी ट्रस्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?