+
+

संसद राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १४:२५

१६ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन् ।

आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसदले सरकारलाई राम्रो काम गर्न निर्देशन दिने हुनाले यो राष्ट्र निर्माणको पनि केन्द्र भएको बताएका हुन् ।

‘संसद एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानुन बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार पनि गाइड हुन्छ । निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ । किनभने बहुमतले सरकार बनाउँछ’, उनले भने ।

सांसदहरु दलबाटै निर्वाचित भए पनि कानुन निर्माणमा, सरकार निर्माणमा वा संसदले बनाएको कानुनको आधारमा सरकार सञ्चालन गर्ने क्रममा सरकार सचेत हुनुपर्ने उनको भनाइ छ ।

उनले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरु गरिसकेको बताए ।

त्यस्तै २००७ सालदेखि बनेका कानुनहरु डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको पनि सभामुख घिमिरेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?