+
+

संसद् बैठकमै माननीयज्यूहरु घ्वार्रघ्वार्र घुर्नुहुन्छ : उपसभामुख राना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १४:३७

१६ असार, काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गरेकी छन् ।

आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन् ।

‘संसद्‌मा फोटो खिच्न मिल्दैन, घ्वार्रघ्वार्र घुरेर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखें । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिं हामी सभामा नबसौं’, उनले भनिन् ।

उपसभामुख रानाले संसद् बैठकमा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् ।

‘सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरु फेरि एकछिनमा हामी देख्न पाउँदैनौं । यी आवाजहरु एकछिनमा हामी सुन्न पाउँदैनौं’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?