+
+

नेपाल पेचिलो परिस्थितिमा छ : महासचिव चन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १५:२३

१६ असार, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन् ।

आतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताए ।

उनले भने, ‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ भन्नेकुरा यहाँहरु सबैलाई थाहा छ ।

उनले नेपाल सुन्दर र श्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए । उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए । उनले नेपालमा रहेको श्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको बताए ।

‘हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै श्रोत सधानले सम्पन्न पनि छ । सुन्दरता र श्रोत साधानले सम्पन्न हुनु भनेको निकै चुनौतीपूर्ण हो । सुन्दरतामा सबैको आँखा पर्छ । आज सम्पूर्ण कुतत्वहरुको आँखा नेपालमा परिरहेको पनि हामी राम्रोसँग देख्न सक्छौँ,’ उनले भने, ‘यसको श्रोत, साधनलाई कब्जा गर्ने होडबाजी निकै तिब्र ढंगले चलिरहेको छ । यो जियोपोलिटिक्समा रातारात हामीलाई युक्रेनको दिशामा घिसार्ने, ठूला ठूला कुसपनाहरु पनि मडारिरहेको हामी देख्छौं।’

उनले नेपालका श्रमिक जनताका चाहनाहरु अधुरै रहेको पनि बताए । उनले भने, ‘नेपालका श्रमिक जनताहरुले हामीलाई हेरिरहेका छन् । यो महाविधेशनलाई हेरिरहेका छन्। नेपालका श्रमिक जनताका चाहनाहरु अधुरै छन्। ‘

महासचिव चन्दले नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको बताए ।

‘नेपालका मजदुर किसानहरु, जाति जनजातिहरु, मधेस, पहाड, महिला, श्रमीक समुदाय, दलितहरु, उत्पीडित जाति, वर्ग, क्षेत्र , लिंग र समुदायहरु छन्, यि सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैनन् । उनीहरुका अधिकार केही प्राप्त भएका छन्, तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?