+
+

नागरिकको सम्पत्तिमा सीमा निर्धारण गर्नुपर्ने माग

‘स्रोत नखुलेको सम्पत्तिमा राजस्व उठाएर वैध बनाउनु सरकारले चोरसँग चोरीको भाग लिए जस्तै हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १५:३०

१६ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नागरिकको सम्पत्तिको सीमा निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

आर्थिक विधेयक, २०८१ माथि संशोधन प्रस्ताव राख्दै उनले यस्तो माग गरेका हुन् । यसका साथै नेपालमा उत्पादन हुने वस्तुहरूको आयात बन्द गर्ने, नेपालीले विदेशी बैंकमा पैसा राख्न नपाउने, स्रोत नखुलेको सम्पत्ति सरकारले स्वतः राष्ट्रियकरण गरिनुपर्ने उनको माग छ ।

‘स्रोत नखुलेको स्वतः राष्ट्रियकरण हुने हो । स्रोत नखुलेको सम्पत्तिमा अलिकति राजस्व उठाएर वैध बनाउनु सरकारले चोरसँग चोरीको भाग लिए जस्तै हो । यसकारण यससम्बन्धी दफा हटाइनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?