+
+

४९ कम्पनीको सेयर मूल्य बढ्दा १९० को घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १६:०६

१६ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । १९० कम्पनीको मूल्य घट्यो भने ४९ को बढ्यो, ७ को स्थिर रह्यो ।

जसले गर्दा समग्र बजारको परिसूचक नेप्से १४.८३ अंक घट्यो । सो गिरावटपछि नेप्से २०३७ अंकमा कायम भएको छ । ३ अर्ब ६० करोड रुपैयाँको कारोबार भयो ।

माइक्रोफाइनान्स र हाइड्रोपावर समूह १ प्रतिशतभन्दा धेरै घटे । बैंकिङ ७, विकास बैंक ३२, होटल तथा पर्यटन २१, हाइड्रोपावर २७, जीवन बीमा ४५, माइक्रोफाइनान्स ६२, निर्जीवन बीमा २९, अन्य १५ र व्यापार समूह ९ अंक घटे । उत्पादन २ र फाइनान्स समूह भने ८ अंक बढे ।

मुक्तिनाथ कृषि कम्पनीको मूल्य ७ प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युतको ५.७ तथा न्यादी हाइड्रोको ४.३ प्रतिशत बढ्यो । मनकामना स्मार्ट लघुवित्तको ९.३, साधना लघुवित्तको ८.७, मन्दाकिनी हाइड्रोको ५.६, माउन्टेन हाइड्रो नेपालको ५.२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, जानाकी फाइनान्स, युनाइटेड इदी मर्दी, मुक्तिनाथ कृषि कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?