+
+

समस्याग्रस्त २० वटा सहकारीका कागजातहरू माग गर्ने संसदीय विशेष समितिको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १६:२०

१६ असार, काठमाडौं । सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले  समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ ।

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ को आइतबार बसेको बैठकले समितिको कार्यादेशको अनुसूचि– १ मा समावेश रहेका २० वटा सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको हो ।

समितिले आइतबार २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ ।

संसदीय विशेष समितिका सभापति सूर्य थापाका अनुसार तिनैजनाले सहकारीसम्बन्धी आआफ्नो समयका अध्ययनका निष्कर्षहरूका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा सुझावहरू राखेका छन् ।

गत जेठ १५ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

थापाको सभापतित्वमा रहेको समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?