+
+

विधेयकको संशोधन प्रस्ताव नै हराएपछि …

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १८:२९
कांग्रेस सांसद डा. प्रकाशशरण महत

१६ असार, काठमाडौं । आर्थिक विधेयक, २०८१ माथि नेपाली कांग्रेसका सांसदहरूले हालेको संशोधन प्रस्ताव हराएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार पार्टीका तर्फबाट आरजु राणा, दिलेन्द्रप्रसाद बडू, डा. प्रकाशशरण महत र श्यामकुमार घिमिरेले असार १४ गते संशोधन प्रस्ताव राखेका थिए । उनीहरूको संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता नम्बर ८ मा दर्ता भएको थियो ।

तर आइतबार प्रतिनिधि सभामा विधेयकमाथिको छलफलमा सभामुख देवराज घिमिरेले उनीहरूको संशोधनका सम्बन्धमा कुनै प्रक्रिया अगाडि बढाएनन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई मात्रै संशोधन प्रस्ताव सहितको छलफलमा भाग लिन समय दिए ।

त्यसपछि विधेयकमाथि छलफल अगाडि बढाउन खोज्दा कांग्रेसका प्रमुख सचेतक लेखकले पार्टीका तर्फबाट चार जनाको संशोधन रहेको बताए ।

सभामुख घिमिरेले लगानी सहजीकरण सम्बन्धी विधेयकमा संशोधन आएको बताए ।

प्रमुख सचेतक लेखले आर्थिक विधेयक र लगानी सम्मेलन सम्बन्धी विधेयक छुट्याउन सक्ने भन्दै दर्ता नम्बर सहितको संशोधन प्रस्तावको कपी आफूहरूसँग रहेको बताए ।

सांसद बडूले पनि आफूहरूले हालेको संशोधन प्रस्तावको दर्ता नम्बर सहितको कपी रहेको बताए ।

सभामुख घिमिरेले आफूलाई सचिवालयबाट खबर भएअनुसार सन्देश प्रवाह गरेको बताए ।

सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्य किरणकुमार साहलाई रोष्ट्रममा बोलाइसकेका थिए । संशोधन प्रस्तावकर्ताहरू नै छुटेको थाहा भएपछि सभामुख घिमिरेले रोष्ट्रमबाट फर्किन सांसद साहलाई आग्रह गरे ।

त्यसपछि कांग्रेसका सांसद डा. प्रकाशशरण महतले आफूहरूको संशोधन प्रस्ताव रोष्ट्रममा गएर प्रस्तुत गरे ।

संशोधन प्रस्ताव हराए पनि आएको भन्ने भएपछि अन्य सांसदहरूले पनि छलफलमा भाग लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?