+
+

आर्थिक विधेयक २०८१ पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १६:३४

१६ असार, काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।

यो विधेयकमा पाँच वटा संशोधन प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसका सांसद आरजु राणा, दिलेन्द्रप्रसाद बडू, डा. प्रकाशशरण महत र श्यामकुमार घिमिरेले संयुक्त रुपमा संशोधन राखेका थिए ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्ताव राखेका थिए ।

पाँच वटै संशोधन प्रस्तावलाई सभाले बहुमतले अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?