+
+

कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयो : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १६:५१

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताए । उनले लोकतान्त्रिक संस्थाहरु बिस्तारै प्रभावहीन हुँदै गएको बताए ।

उनले भने, ‘अहिले वास्तवमा भन्ने हो भने मुलुक जटिल अवस्थामा छ। जुन अहिले संघीय, लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगाएका छौँ । यसमा कमरेड माधवजी र यहाँको पार्टी पछि निर्माण हुँदै गएको हो, त्यो बेलामँ ठूलो योगदान छ ।’

उनले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको बताए ।

‘संसदलाई असंवैधानिक तरिकाले दुई दुई पटक भंग गरेर मुलुकलाई स्वेच्छारी शासनतर्फ धकेलियो, तब स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गयो।’ उनले भने ।

उनले नेपालको शिक्षा प्राणली ध्वस्त भएको प्रमाणित भएको बताए । उनले राजनीति बद्नाम भइरहेको बताए । सरकार जनताका समस्या समाधानका लागि भन्नेकुरा हुन छोडिसकेको बताए ।

उनले भने, ‘ नेपालको शिक्षा प्राणली ध्वस्त भएको प्रमाणित एसईईको नतिजा हेरे पुग्छ। सरकार जनताका समस्या समाधानका लागि भन्नेकुरा अहिले हराउँदै गइरहेको छ।’

अध्यक्ष यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको बताए । अहिले लोकतन्त्रको खतरा राजनीतिक दलहरु भित्रबाट नै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?