
१६ असार, काठमाडौं । प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित भएको छ ।
आइतबार बसेको सभामा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।
यो विधेयकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई सभाले बहुमतले अस्वीकृत गरेको छ ।
छलफलमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले नेपालको वर्तमान अवस्थाको ऋणको विषयबारे जानकारी गराए ।
२०८१ जेठसम्मको ऋणको अवस्था २४ खर्ब ३४ करोड रहेको बताए ।
२०८० असारसम्मको तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अब ३५ करोड रहेको र यो कुल ग्राहस्थ्र्य उत्पादनमा ४२.०८ प्रतिशत रहेको बताए ।
यमसा बाह्य ऋणतर्फ १२ खर्ब ७ अर्ब ८६ करोड ५०.३ र आन्तरिक ऋणतर्फ ११ खब ९२ अर्ब ४८ अर्ब ४९.७ प्रतिशत रहेको बताए ।
१० वर्ष अगाडि २०७१ असार मसान्तमा सार्वजनिक ऋण ५ खर्ब ५३ अर्ब ७८ करोड ८७ लाख रहेको र कुल गार्हस्थ्य उत्पादनको २४.८ प्रतिशत रहेको बताए । त्यसबेला आन्तरिक ऋण ३७.१ र बाह्य ऋण ६२.७ प्रतिशत रहेको उल्लेख छ ।
१६औं पञ्चवर्षीय योजनाले आगामी पाँच वर्षभित्र ऋणलाई कुल गार्हस्थ्य उत्पादनको ३९ प्रतिशतमा राख्ने लक्ष्य लिएको बताए । यहीअनुसार सरकारले नीति अख्तियार गरेको बताए ।
प्रतिक्रिया 4