+
+

प्रधानमन्त्रीलाई माधव नेपालले भने : हिजो संसद विघटन गर्नेले फेरि गरिदेलान्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १६:५०

१६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको टिप्पणी गरेका छन् ।

आइतबार पार्टीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै अहिले पनि विघटन गरेर ठीक गरियो भनेर बोल्ने गरेको सुनेको भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गरे ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू सुनिन्छ विघटन गरेर ठीक गरियो भनेर कतिपयले बोल्ने गरेका छन्, हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला’, उनले भने ।

अध्यक्ष नेपालले अहिले संसद विघटनको आवश्यकता नभएको पनि बताए । ‘अहिले विघटन गर्ने आवश्यकता छैन, हामी पनि छौं संख्या कम भयो भनेर आत्तिनुपर्दैन’, उनले भने ।

नेपालले पार्टी बलियो भएन भने कसैले पनि नपुछ्ने भन्दै पार्टी बलियो बनाउन ध्यान दिने बताए । तर पार्टी बलियो मात्र भएर पनि नहुने, त्यसको साथसाथै सही विचार र दृष्टिकोण पनि हुनुपर्ने उनको भनाइ छ ।

पार्टीमा नेता कार्यकर्ताको कमी नभएको भन्दै अध्यक्ष नेपालले विचार मिल्नेसँग एकताको आधार बनाउँदै जाने बताए । तर एकताका नाममा हतार गर्ने र एकताका लागि ढिलो गर्ने पक्षमा आफू नभएको नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?