+
+

विना शर्त नेविसंघको म्याद थप्न नहुने भन्दै कांग्रेस कार्यालयमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १६:५९

१६ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशनको माग गर्दै संघका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन् ।

महाधिवेशन गर्नका लागि पार्टीले उपलब्ध गराएको समयावधि १५ असारमा सकिएको छ । संघको तदर्थ समिति भंग गर्ने वा समय थप्ने विषयमा पार्टीले निर्णय गरेको छैन ।

भ्रातृ संस्थाको समयावधिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले सोमबार पदाधिकारी बैठक बोलाएका छन् ।

पटक पटक अवधि थप्दा पनि १२औं महाधिवेशन हुन नसकेपछि संस्थापन इतरका संघका नेता कार्यकर्ताले विरोध गरेका हुन् । १५ असारदेखि संघ अध्यक्षविहीन भएको भन्दै सांकेतिक रूपमा खाली कुर्सी राखेर विरोध गरिएको छ ।

विधिवत १२औं महाधिवेशन नगर्ने, म्याद थप्ने प्रवृत्ति कहिलेसम्म भन्दै उनीहरूले पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् ।

संघको म्याद विना शर्त थप्न नहुने मागसहित विरोध गरिएको नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?