+
+

श्रमाधान रोजगार मेलामार्फत १४ हजार श्रमिकको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १७:४१

१६ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा आयोजना गरेको श्रमाधान रोजगार मेलामा १४ हजार ७८८ श्रमिकको माग भएको छ ।

मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालका अनुसार मेलामा १७ हजार ९२१ व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो तथ्यांक सार्वजनिक गरेको हो ।

श्रममन्त्री डोलप्रसाद अर्यालले रोजगारदाताहरूले गरेका प्रतिवद्धता अनुरूप रोजगारी प्रदान गरे नगरेको मन्त्रालयले निरन्तर अनुगमन गर्ने बताए । उनले भने, ‘आवेदन दिने युवाहरूले रोजगारी पाए नपाएको पनि मन्त्रालयले जानकारी लिन्छ ।’

मन्त्रालयले रोजगार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रुपैयाँ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

गत जेठ १७ देखि ३० गतेसम्म सञ्चालित मेलामा सीप विकास कार्यशाला, नेटवर्किङ सत्र र रोजगारीका अवसरबारे छलफल गरिएको थियो । मेलामा १७६ भन्दा बढी विज्ञहरूले वक्ताको रूपमा सहभागिता जनाएका थिए ।

मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र गरी ३२२ वटा स्टल राखिएको थियो । मेलामा ३६ वटा कार्यशाला सञ्चालन गरिएको थियो । मेलामा तीन तहका सरकार निजी क्षेत्र र विकास साझेदार गरी ३३५ संघसंस्थाको सहकार्य थियो । मेला ४१ हजार ३२५ जनाले अवलोकन गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?