+

‘दोलखामा खेलकुद’ पुस्तक विमोचन

२०८१ असार  १६ गते १७:५७ २०८१ असार १६ गते १७:५७
‘दोलखामा खेलकुद’ पुस्तक विमोचन

१६ असार, काठमाडौं। दोलखाका खेलाडी र खेलकुदलाई समेटेर तयार पारिएको पुस्तक ‘दोलखामा खेलकुद’ विमोचन भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्वसामाजिक विकास मन्त्री सरस्वती बस्नेत दोलखामा खेलकुद नामक पुस्तक विमोचन गरेका छन् ।

सो अवसरमा सदस्य सचिव घिसिङले हरेक जिल्लाले आफ्नो खेल गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने हो भने समग्र देशको खेलकुद बारे बुझ्न सहज हुने धारणा व्यक्त गरे ।

साथै घिसिझले आफ्नो कार्यकालमा तीन पुस्तक प्रकाशन भइसकेको र बाँकी २ पुस्तक प्रकाशको तयारी भइरहेको बताए ।

पूर्व मन्त्री बस्नेतले व्यक्तिसंगै राष्ट्रलाई पनि विश्वमाझ चिनाउन खेलकुदले महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरिन् ।

लेखक विकास तामाङ मोक्तानले पुस्तक विक्रीबाट संकलन भएको रकमबाट दोलखाका खेलाडीलाई सहयोग गर्न कोष स्थापना गर्ने सोच रहेको बताए ।

दोलखामा खेलकुद पुस्तक पुस्तक विमोचन विमोचन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय