+
+

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनमा नयाँ कार्यसमिति

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १६:०७

१६ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनमा अजय ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । ललितपुरको हात्तीवनमा सम्पन्न अधिवेशनबाट ढुंगाना अध्यक्ष चयन भएका हुन् भने ९ जनाको कार्यसमिति चयन भएको छ ।

नयाँ कार्यसमितिको पदावधि आगामी दुई वर्षका लागि हुनेछ । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गौरव विष्ट, उपाध्यक्ष एलिजा फुयाँल, सचिव नमुना जोशी, कोषाध्यक्ष गौरव बराल, सदस्यहरु विनोद महर्जन, प्रशान्त राई, सुदिप घिमिरे र रविन्द्र देव भट्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?