+
+

सुजाता केसीको ‘हंगामा’ मा धुर्मुस-सुन्तली

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १८:०२

काठमाडौं । गायिका सुजाता केसीले नयाँ गीत ‘हंगामा’ ल्याएकी छन् । सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । गायनमा सुजातालाई तुलसी सिवाकोटीले साथ दिएका छन् ।

यसै गीतको भिडियोमार्फत हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लामो समयपछि अभिनयमा फर्किएका छन् ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियो रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र माधव बेल्वासेको सम्पादन छ । भिडियोका निर्माता सुशील शर्मा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?