+
+

‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२४’ को उपाधि सन्ध्या र सरोजलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १८:१६

काठमाडौं । ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’ को उपाधि सरोज सुनार र सन्ध्या विश्वकर्माले जितेका छन् । शुक्रबार काठमाडौंमा भएको फिनालेमा उनीहरुले उपाधि चुमेका हुन् ।

महिलातर्फ जेसिका घिमिरे फर्स्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने भने पुरुषतर्फ राजेन्द्र दूतराज र सिर्जन विश्वकर्मा क्रमशः फर्स्ट र सेकेन्ड रनरअप बने । प्रतियोगितामा सञ्जय विश्वकर्माले कोरियोग्राफी गरेका थिए । उनलाई अलिशा गहजराजले सघाएकी थिइन् ।

प्रतियोगितामा काठमाडौं, इटहरी, बुटवल, पोखरा, चितवन, धादिङ, लगायत स्थानका २५ जना प्रतियोगीले अन्तिम प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सञ्जय विश्वकर्माले ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ सम्बन्धित समुदायका युवाहरुका लागि मञ्च निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको बताए । यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने आयोजकको विश्वास छ ।

फिनालेमा विजेताहरुलाई ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो । त्यस्तै दुबईस्थित बीएण्डसी कम्पनीले विजेतालाई सात दिनको दुबई भ्रमण गराउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?